बुटवलका केही स्थान निषेधित क्षेत्र घोषणा

खबरपथ संवाददाता
१८ आश्विन २०७७, आईतवार ०८:२४

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा आन्दोलन हुन थालेपछि रुपन्देही प्रशासनले निषेधित क्षेत्र घोषण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती एक सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ। प्रशासनले निषेधित क्षेत्र घोषण गरेको स्थानमा ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचना अनुसार प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।

मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन गर्न तथा उक्त स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाईने आदेशमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*