नियमित रक्तदानमा ६२ युनिट रगत संकलन

खबरपथ संवाददाता
१८ आश्विन २०७७, आईतवार ०९:०२

बुटवल ।  नेपालनियमित रक्तदाता संघ रुपन्देही र बुटवल लेडी जेसीजको सम्युक्त आयोजनामा शनिवार बुटवलमा रक्तदान गरिएको छ ।
संघले हरेक महिनाको तेस्रो शनिवारलाई नियमित रक्तदानको कार्य तालिकाबनाएअनुसार नै शनिवार रक्तदान गरिएको हो ।
शनिवारको रक्तदानकार्यक्रममा ६२ जनाले रक्रदान गरेको कार्यक्रम संयोजक रोशन अर्यालले बताउनु भयो ।
संघले नियमित बाहेक आवश्यक परेको समयमा र रगत अभावभएको वेलामा जतीवेला पनि रक्तदान गर्ने गरेको सघका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।
कोरोना भाईरस संक्रमितलाई चाहिने प्लाज्माको पनि संघले व्यवस्थापन गदै आएको संघका अध्यक्ष दयाबहादुर सिलवालले बताउनु भयो ।
रक्रदान कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठले सामाजिक काममा संघले पुराएको योगदानको उच्च सम्मानगदै यस्ता मानविय कार्य गर्ने संघ संस्थाहरुलाई आर्थिक अभाव हुन नदिन स्थानियतहले ध्यानदिन जरुरी रहेको औल्याउनु भयो ।
कार्यक्रममा बुटवल लेडी जेसीजकी अध्यक्षकल्पना पाण्डे, सदस्य उषाखत्री संघका सल्लाहकार सुरेन्द्र शाक्य कोषाध्यक्ष दीपकअधिकारी लगायतले रगतको महत्वको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममाउर्जा ईन्टरप्राईजेज प्रा लीले प्रायोजन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*