प्रदेश पाँचको राजधानी दाङ्ग राख्ने प्रस्ताव बिरुद्ध बुटवलमा प्रदर्शन

खबरपथ संवाददाता
१८ आश्विन २०७७, आईतवार १२:४०

बुटवल। प्रदेश पाँचको राजधानी दाङ्गको भालुवाङ्ग राख्ने प्रदेश सरकारको प्रस्ताव  बिरुद्ध आज आईतबार बुटवलमा बिरोध प्रदर्शन भएको छ । निषेधआज्ञा तोड्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस र उधोगी ब्यापारीहरुको संञ्जालद्धारा सरकारले षड्यन्त्र गरेको भन्दै प्रदर्शन गरेका छन् ।

शनिवार प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेंसले बिरोधका कार्यक्रम सार्वजनिक गरे लगत्तै रुपन्देही प्रशासनले निषेधआज्ञा जारी गरेको थियो ।

आईतबार बिहान बुटवलको राजमार्ग चौराहाबाट निकालिएको बिरोध ¥याली मिलनचोक, बसपार्क, अस्पताल लाईन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभा गरिएको थियो ।

¥याली पछि आयोजित कोण सभामा बोल्दै सञ्जालको संयुक्त संघर्ष समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेशको राजधानी अन्यत्रै लैजाने भए आफ्ना भवनहरु तुरुन्तै खाली गराउन मुख्यमन्त्री शंकर पोखरेललाई चेतावनी दिनुभयो ।

प्रदेशको राजधानी बुटवल तोकिएपछि प्रदेश सभा तथा सरकारको स्थापनामा यस क्षेत्रका सामाजिक तथा व्यबसायिक संघसंस्थाले गरेको योगदानको स्मरण गर्दै उहाँले नीजि क्षेत्रको योगदानलाई नजरअन्दाज नगर्न पनि आग्रह गर्नुभयो ।

प्रदेशको राजधानी स्थापना गर्दा भूगोललाई मात्रै नहेरी बहुसंख्यक जनताको हितलाई पनि ख्याल गर्न आग्रह गर्दै संयुक्त संघर्ष समितिका सहसंयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले राजधानी बाँके बर्दियाका लागि मात्रै भन्दा पनि पाल्पाको पल्लो टुप्पो र गुल्मीको छेउलाई पनि हेर्न आग्रह गर्नुभयो ।

त्यस्तैगरी पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेल, मणिमुकुन्द उद्यानका अध्यक्ष खेम लुईटेल लगायतले रुपन्देही राजधानी बहुसंख्यक जनताको हितमा रहेको र बुटवल राजधानी हुँदा यस क्षेत्रलाई मात्रै नभएर सबैलाई पायक पनि पर्ने भएकाले बुटवलको बिकल्प नभएको बताउनु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*