मुख्यमन्त्री शंकर पोखरेल सवार गाडिमा ढुंगा प्रहार

खबरपथ संवाददाता
१८ आश्विन २०७७, आईतवार २०:१५

बुटवल । मुख्यमन्त्री शंकर पोखरेल सवार गाडिमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि ढुंगा प्रहार भएको हो ।
ढुंगा प्रहार भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको कांग्रेस रुपन्देहीले बताएको छ ।
प्रदेश ५ को राजधानी र नाम सम्बन्धी प्रस्ताव संसदमा पेश गरेर काठमाण्डौ गएका मुख्यमन्त्री पोखरेल आज रुपन्देही फर्किएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*