सांसद श्रेष्ठद्वारा विषयगत समितिबाट राजिनामा

खबरपथ संवाददाता
१९ आश्विन २०७७, सोमबार ११:५५

बुटवल । प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेश सभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिनुभएको छ । प्रदेशको स्थायी राजधानी दाङ् लैजाने सरकारको प्रस्ताव प्रति असन्तुष्ट नेकपाका प्रदेश सभा सदस्य श्रेष्ठले सोमबार आफ्नो पदबाट राजीनामा गर्नुभएको हो ।
बिधि र प्रकृया मिचेर जवरजस्ती प्रदेश राजधानी सार्न खोजीएको भन्दै उहाँ प्रदेशको राजधानी रुपन्देही मै हुनुपर्ने अडान सहित उक्त पदबाट राजिनामा गर्नुभएको हो । सरकारले प्रदेश सभामा प्रदेशको स्थायी राजधानी दाङ् राख्ने प्रस्ताव गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*