प्रदेश ५ सभामा प्रमुख प्रतिपक्षीदल कांग्रेस सांसदद्वारा तोडफोड

खबरपथ संवाददाता
१९ आश्विन २०७७, सोमबार १९:४६

बुटवल । प्रदेश ५ सरकारले संसदमा राजधानी दाङ लैजाने प्रस्ताब पेश गरेको बिरुद्धमा प्रमुख प्रतिपपक्षी दल नेपाली कांग्रेसले आज संसद अवरुद्ध गर्दे कुर्सी तोडफोड गरेको छ ।
प्रदेशको नाम र राजधानी बुटवलबाट सार्ने प्रस्ताव गरिएपछि बिरोधमा उत्रेका कांग्रेस संसदहरुले सदन अवरोध गर्ने प्रयत्न गरिरहदाँ सभामुख पुर्ण बहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई समय उपलब्ध गराएपछि कांग्रेस सांसदहरू तोडफोडमा उत्रेका हुन ।
तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।
सभामुखले विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*