रोष्टमबाट मन्त्रीले भने-‘घिसारेर निकालिहाल्’

खबरपथ संवाददाता
१९ आश्विन २०७७, सोमबार २३:१६

बुटवल । प्रदेश ५ सरकारले राजधानी दाङ् सार्ने प्रस्ताब संसदमा पेस गरेपछि अस्थायी राजधानी बुटवलमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस तथा उद्योगी व्यबसायीहरुको सञ्जालले रुपन्देहीलाई नै राजधानी बनाउने माग सहित बिरोध र धर्ना गरिरहेको छ ।

सोमबार पनि प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसले सडक र सदनबाट बिरोध गरेको छ । काँग्रेस तथा व्यबसायीहरुको सञ्जालले  बिरोध स्वरुप बिहानै देखि प्रदेशसभा जाने सडकमा धर्ना गरेको छ । त्यसैगरी सदनमा पनि नेपाली कांग्रेसले बिरोध स्वरुप नाराबाजी सहित तोडफोड मै उत्रेको थियो ।

नेपाली कांग्रेसको विरोधका बिच सभामुख पूर्ण बहादुर घर्तीले प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई समय दिएपछि उनी रोस्टममा पुगेका थिए ।

मन्त्री केसीले पोडियमबाट सम्बोधन गर्दे गर्दा नाराबाजी नरोकिएपछि मर्यादापालकलाई ‘घिसारेर बाहिर निकालिहाल्’ भन्ने आदेश दिएका थिए ।

आफु बोलिरहेका बेला नाराबाजी गरिरहेको र टेवुल ठोकिरहेको भन्दै मन्त्री के सि ले मर्यादापालकलाई निर्देशन दिदै भने हेलो हेलो समातेर हाली दिनुस घिसारेर निकालिदिनुस् । मन्त्री के सिले बोलिरहेको बेला कांग्रेस सांसदहरुले संसदको मर्यादा कायम राख्न माग गर्दै नाराबाजी गरिरहेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*