काँग्रेसले दाङको विपक्षमा मतदान गर्ने

खबरपथ संवाददाता
२० आश्विन २०७७, मंगलवार १३:०१

बुटवल ।  काँग्रेसले प्रदेश पाँचको स्थायी राजधानी दाङ् बनाउने सरकारको प्रतावको विपक्षमा मतदान गर्ने भएको छ ।

संसदीय दलको निर्णय अनुसार नै काँग्रेस सांसदहरुलाई दाङ्को विपक्षमा मदतान गर्नको लागि ह्वीप समेत लगाईएको  छ ।

नेपाली काँग्रेस संसदीय दल प्रदेश पाँचको बैठकले सरकारले चोरबाटोबाट प्रस्ताव ल्याएकाले त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको नेपाली काँग्रेस संसदीय दलका नेता बिदेन्द्र कनौडियाले बताउनु भयो ।

‘हामीले रुपन्देही नै हुनु पर्छ या दाङ् हुनुहुँदैन भनेका होईनौं ।’ उहाँले भन्नुभयो–‘बिधि प्रकृया हुन्छ, यस्तो महत्वपूर्ण प्रस्ताव ल्याउँदा विपक्षिसंग पनि छलफल त हुनुपथ्र्यो नी ।’

सरकारले प्रस्ताव गरेको प्रदेशको नाम लुम्बिनी राख्नको लागि भने नेपाली काँग्रेस सहमत भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*