प्रदेश ५ को राजधानी भालुवाङ्ग र नाम लुम्बिनी दुई तिहाईले पारित

खबरपथ संवाददाता
२० आश्विन २०७७, मंगलवार १७:४३

बुटवल । प्रदेश ५ को स्थायी राजधानी भालुवाङ्ग र नाम लुम्बिनी प्रदेशसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । आज मंगलबार भएको मतदानबाट प्रदेशको स्थायी राजधानी दाङ्गको भालुवाङ्ग राख्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने प्रस्तावको विपक्षमा १३ मत परेको छ । त्यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत परेको छ ।

प्रदेशको राजधानी भालुवाङमा सार्ने प्रस्तावको प्रमुख विपक्षी दल कांग्रेस लगायत उधोगी ब्यवसायीको सञ्जालले विरोध गरेका थिए । प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*