प्रदेश पाँचको राजधानी सारेको बिरोधमा मोटरसाईकल ¥याली

खबरपथ संवाददाता
२१ आश्विन २०७७, बुधबार २०:११

प्रदेशपाँचको राजधानी  दाङको भालुवाङ सारेको बिरोध गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले संयुक्त रुपमा बुटवलमा प्रदर्शन गरेका छन् ।
तरुण दल र नेबिसंघले कालो झण्डा सहित बुधबार बुटवलमा मोटरसाईकल ¥याली गरेको हो । बुटवलको गोलपार्कदेखि सुरु भएको बिरोध ¥याली ट्राफिकचोक, अस्पताललाई, राजमार्ग चौराहा, योगिकुटी पुगेर पुनः राजमार्ग चौराहा, रामनगर, दीपनगर, भुड्कीचोक (अस्पताललाईन) हुँदै ट्राफिकचोकमा पुगेर कोण सभा भएको थियो ।
बिरोध प्रदर्शन पछि बुटवलको ट्राफिकचोकमा आयोजना गरिएको कोण सभामा बोल्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि दीर्घबहादुर केसीले मुख्यमन्त्री आसपासका व्यक्तिहरुको भालुवाङ्मा जग्गामा लगानी भएकै कारण राजधानी भालुवाङ् पु¥याईएको आरोप लगाउनु भयो । उहाँले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको समेत त्यस क्षेत्रमा जग्गामा लगानी भएकोले भालुवाङ्मा राजधानी पु¥याईएको कुरा आएको र यदि त्यो कुरा सत्य हो भने त्यसको समेत हिसाव किताव हुने चेतावनी दिनुभयो ।
तरुण दलका क्षेत्रीय सभापति हसन्त लामाको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल तिलोत्तमाका सभापति खिम क्षेत्री, बिद्यार्थी नेता छायाँ पोखरेल, तरुण दल बुटवल नगर समितिका सभापति सुजन पुन लगायतले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ् तोकिएपनि तरुण दलको बिमत्ति कामयै रहेको बताएका थिए ।
उनीहरुले प्रदेशको स्थायी राजधानी तोक्ने सवालमा भएको आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुको समेत निःशर्त रिहाईको माग गरेका थिए । सरकारले प्रदेश सभामा प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउन प्रस्ताव गरेपछि नेपाली काँग्रेस आन्दोलित भएको थियो ।
त्यसै क्रममा गत आईतबार साँझ करिव साढे ६ बजेको समयमा बुटवलको चौराहा नजिकै मुख्यमन्त्री माथि ढुङ्गा प्रहार भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले काँग्रेसका नेताहरु बिष्णु पोखरेल, नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, सचिव शिव गैरे, तिलोत्तमा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, प्रकाश गैरे, घटनाको समाचार संकलनको लागि पुगेकी पत्रकार कमला पाण्डे लगायत ९ जनालाई पक्राउ गरेको थियो । यद्यपी नेपाली काँग्रेसले जिल्ला बन्द गरेको र कार्यक्रम सकिएर फर्किने क्रममा आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरिएको जनाएको छ ।
पत्रकार पाण्डेलाई अर्को दिन रिहा गरेको थियो भने सोही घटनामा पक्राउ गरेका अर्का एक जनालाई पनि रिहा गरेको छ । बाँकी ७ जना अझैपनि प्रहरी हिरासतमै रहेकाले उनीहरुलाई तत्कालै बिना सर्त रिहाईको माग गरिएको हो ।

S

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*