पछिल्लो २४ घण्टामा थप ३,४३९ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
२१ आश्विन २०७७, बुधबार २१:३२

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित मिडिया अपडेटमा जानकारी दिनुभएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।
त्यसैगरी नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ११२६ जना कोरोना मुक्त भएका छन् । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको सख्या ६८ हजार ६६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५६३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*