लुम्बिनी प्रदेशका सभामुख र कानुनमन्त्रीलाई कोरोना पुष्टि

खबरपथ संवाददाता
२३ आश्विन २०७७, शुक्रबार १८:५७

बुटवल । लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्ति र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। उहाँहरुको शुक्रबार बिहान स्वाब परीक्षणमा नतिजा पोजेटिभ आएको प्रदेश सांसद इन्द्र जित थारुले बताउनुभयो । उहाँहरुको स्वास्थ्य अवस्था  सामान्य रहेको छ। घर्ति र केसी  कोरोना भएपछि  क्याटर मै आइसोलेनमा बस्नुभएको छ ।

गत मँगलबार मात्रै प्रदेश सभा बैठकमा सहभागी हुनुभएका सभामुख घर्ती र मन्त्री केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमणको आसंका गरिएको छ । उक्त बैठकमा मूख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको समेत  सहभागीता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*