डा. केसीको समर्थनमा ऐक्यवद्धता सहित बुटवलमा प्रदर्शन

खबरपथ संवाददाता
२३ आश्विन २०७७, शुक्रबार २१:१६

बुटवल । अनसरत डा.गाबिन्द के.सी.को समर्थनमा ऐक्यबद्धता सहित आज बुटवलमा प्रदर्शन भएको छ । उच्च अदालतबार एशोसिएसन बुटवलले बिहिबार जेशीजचोकमा चिकित्सा शिक्षा सुधारको माग सहित अनसनरत डा.के.सी.को समर्थनमा ऐक्यवद्धता सहित प्रदर्शन गरेकोे हो ।
प्रदर्शनका सहभागि कानुन व्यबसायिहरुले डा. गोबिन्द केसी व्यक्ति होईन आवाज हो, डा.केसीका जायज माग पुरा गर लगायतका प्ले कार्ड बोकेका थिए ।
सत्याग्रही डा.केसीले उठान गरेका मागहरु व्यक्ति हित स्वार्थको लागि नभई आम नेपाली नागरिकका लागि भएकाले सरकारको तर्फबाट तत्काल सम्बोधन हुनु पर्ने उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले बताउनु भयो ।
डाक्टर केसी चिकित्सा शिक्षा सुधारको माग सहित १९ औं पटक अनसन बसिरहनुभएको छ । गत भदौ २९ गते देखि सुरु भएको पछिल्लो १९ औं पटकको अनसन शुक्रबार २६ औं दिन पुगेको छ । २६ औं दिनसम्म अनसनरत डा.केसीको स्वास्थ्यमा समस्या आएको भएपनि सरकारले माग सम्बोधनमा कुनै तदारुत्ता देखाएको छैन

अनसनमा रहेका डा. केसीको मुटुको चाल तलमाथि हुने, धड्कन बढ्ने छाती दुख्ने यही क्रम जारी रहेको खण्डमा कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*