पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
२४ आश्विन २०७७, शनिबार २१:२१

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा जानकारी दिनुभएको छ । यो संगै हालसम्म नेपालमा १ लाख ५ हजार ६८४ जना कोरोना संक्रमित पुगेका छन् ।
नेपालमा हाल सम्म सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १२२९ जना कोरोना मुक्त भएका छन् । योसंगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको सख्या ७४ हजार २५२ जना रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ६१४ पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*