व्यक्तिगत घटना दर्ता प्रणालीबारे अभिमुखीकरण

खबरपथ संवाददाता
२५ आश्विन २०७७, आईतवार २०:४१

पाल्पा  । बगनासकाली गाउँपालिका पञ्जीकरण सेवा इकाईको आयोजनामा आइतबार वडा नं. ३ मा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ३ को कार्यालय नायरनमतलेस पाल्पामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. ३ का अध्यक्ष टिकाबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पञ्जीकरण सेवा इकाइका एम आइ एस अपरेटर भोजराज भट्टराईले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाको उद्देश्य तथा पञ्जीकरण सेवा इकाईको कार्यक्रमको बारेमा सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा कार्यपालिका सदस्य तेजप्रसाद रसाइली, वडा सदस्यहरू जुलेश थापा, आशा वि.क., नेकपा प्रतिनिधि मोहन थापा लगायत वडास्तरका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले सेवाग्राहीमा सचेतना बढाउनुपर्ने, सिस्टममा आउने समस्यालाई प्राविधिक तहबाट नियमित सर्पोट हुनुपर्ने लगायतका सुझाव व्यक्त गर्नुभयो ।

वडा सचिव नारायण प्रसाद गैरेले वडास्तरमा सामाजिक सुरक्षा र व्यक्तिगत घट्ना दर्ता सम्बन्धी भएका चुनौती, समस्या र कार्यसम्पादन स्थितिका विषयमा जानकारी गराउनुभयो । फिल्ड सहायक प्रेम बगालेको स्वागत र वडा सचिव नारायण प्रसाद गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*