महिलाहिन्सा तथा यौनअपराध बिरुद्ध मौनजुलुस

खबरपथ संवाददाता
२५ आश्विन २०७७, आईतवार २०:४३

लुम्बिनी ।  महिलाहिन्सा तथा यौन अपराध बिरुद्ध लुम्बिनीमा मौन जुलुस प्रर्दशन गरिएको छ । सुनगाभा सामुदायिक बिकास केन्द्र रुपन्देहीको सहयोगमा लुम्बिनी साथी सञ्जालका किशोर किशोरीहरुद्वारा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १० लुम्बिनी बजार महिलवारमा महिला हिन्सा बन्द गर, बलात्कारीलाई फाँसी दे, लगायत बिभिन्न नारा सहित ब्यानर तथा प्लेकार्ड बोकेर मौन जुलुस प्रर्दशन गरिएको हो ।

बिश्वशान्ति क्षेत्र लुम्बिनीमा दिन प्रति दिन बलात्कारका घटना बढ्न थालेपछि चेलीहरु घर भित्रै असुरक्षित ठान्न थालेपछि आफूहरु बाध्य भई मौन जुलुस प्रर्दशन गरेको लुम्बिनी साथी सञ्जालका उपाध्यक्ष शीला हरिजनले जानकारी गराईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*