मन्त्रिपरिषद् पुनर्गठन : अर्थमा पौडेल र संचारमा गुरुङ

खबरपथ संवाददाता
२८ आश्विन २०७७, बुधबार २१:३७

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गर्नु भएको छ । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिनुभएको छ। पुनर्गठित मन्त्रिमण्डलमा अर्थमन्त्रिको जिम्मा विष्णु पौडेललाई दिनुभएको छ। यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रिमा लिलानाथ श्रेष्ठ हुनुभएको छ भने सहरी विकासमा कृष्ण गोपाल श्रेष्ठ ले जिम्मेबारी पाउनुभएको छ ।

सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिनुभएको छ। यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले स्लेवयं राख्नु भएको छ । यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्रीको जिम्मा दिईएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*