पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२९ आश्विन २०७७, बिहीबार १९:२५

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबारको नियमित लाईभ अपडेटमा जानकारी दिनुभएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको सख्या १ लाख २१ ह्जार ७४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय संक्रमितको सख्या ३६ हजार ५३३ जना रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना मुक्त भएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ६९४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*