पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
३० आश्विन २०७७, शुक्रबार १९:३३

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस अपडेटमा जानकारी गराउनुभएको छ । योसंगै नेपालमा हालसम्म १ लाख २६ हजार १३७ पुगेको छ । त्यसैगरी मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना मुक्त भएका छन् । योसंगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यो संगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ७१५ पुगको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*