पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१ कार्तिक २०७७, शनिबार १७:५०

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवारको नियमित मिडिया अपडेटमा जानकारी दिनुभएको छ ।

त्यसैगरी नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १८०० जना कोरोना मुक्त भएका छन् । योसंगै नेपालमा कारोना मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । योसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ७२७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*