न्युलाईट पुर्व विद्यार्थी समाजद्धारा रक्तदान

खबरपथ संवाददाता
१ कार्तिक २०७७, शनिबार १९:४५

तिलोत्तमा । न्युलाईट स्कुलपुर्व विद्यार्थी समाजले आज रुपन्देहीको शंकरनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । न्यु लाईट स्कुलमा आयोजित सो कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । कोरोना भाइरसको महामारी सामाजिक स्तरमा फैलिइरहेको अवस्थामा कोरोना लगायत अन्य कुनै पनिरोग र दुर्घटनाका  कारणआबश्यक पर्ने रगत अभाव हुन नदिन समाजले स्थापना पश्चातको पहिलो सामाजिक कार्य स्वरुप उक्त कार्यक्रको आयोजना गरेको हो ।
समाजका संयोजक नितेश खरेलको अध्यक्षता , न्यु लाइट स्कुल व्यावस्थापन समितिकाअध्यक्ष खड्क बहादुर गौतमको प्रमुखआतिथ्यता र विद्यालयका प्राचार्य रमेश ज्ञवालीको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम आकाश पन्तको स्वागत र सागर पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रर सोसाइटी रुपन्देही शाखाको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा सहभागि पुर्व विद्यार्थीहरुले सो समुहलाई विद्यालयको हितका लागि रचनात्मक कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*