रुपन्देही उद्योग संघको साधारणसभा मंसिर १५ गते हुने

खबरपथ संवाददाता
२ कार्तिक २०७७, आईतवार २२:३१

बुटवल। रुपन्देही उद्योग संघको ४२ औं वार्षिक साधारण सभा आगामी मंशिर १५ गते हुने भएको छ । आफ्नो ४३ औं स्थापना दिवशको अवसर पारेर संघको ४२ औं बार्षिक साधारणसभा पनि सोही दिन सम्पन्न गर्ने निर्णय गरिएको संघका अध्यक्ष बाबुराम बोहोराले जानकारी गराउनु भएको छ ।

संघको शनिवार सम्पन्न ११ औं वोर्ड बैठकले आगामी मंसिर १५ गते ४३ औं स्थापना दिवश तथा संघको ४२ औं बार्षिक साधारण सभाको अवसरमा संघले प्रदान गर्दै आएको उत्कृष्ठ औद्योगिक पत्रकारिता पुरस्कार–२०७६ वितरण तथा उद्यमी सम्मान गर्ने कार्यक्रम रहेको संघका महासचिव जिवकान्त काफ्लेले बताउनु भयो । यसैगरि स्थापना दिवशकै अवसरमा रक्तदान कार्यक्रम पनि गरिने जनाइएको छ । त्यसका लागि कार्यसमिति सदस्य अशोक कुवंरको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ ।
बैठकले साधारणसभामा प्रस्तुत गरीने संघको विधान संशोधन प्रस्ताव तयार गर्नका निम्ति संघका निर्वमान अध्यक्ष गणेशप्रसाद अधिकारीलाई संयोजकको जिम्मेवारी समेत प्रदान गरेको छ ।
कार्यक्रम राज्यले तय गरेको स्वाश्थ्य मापदण्डलाई पूर्ण रुपमा पालन गरि सम्पन्न गर्ने संघले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*