पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२ कार्तिक २०७७, आईतवार २३:०८

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आईतवारको नियमित लाइभ मिडिया अपडेटमा जानकारी दिनुभएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको सख्या १ लाख ३२ हजार २४६ जना पुगेको छ ।
त्यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सख्या ३९ हजार ३४१ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गरी पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना मुक्त भएका छन् । योसंगै नेपालमा कोरोना मुक्त हुनेको सख्या ९२ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म ७३९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आईतबारको नियमित मिडिया लाईभमा जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*