पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
६ कार्तिक २०७७, बिहीबार १६:४९

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबारको नियमित मिडिया लाईभ अपडेटमा जानकारी दिनुभएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा हालसम्म सक्रिय कोरोना संक्रमितको सख्या ४४ हजार ८७७ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३२१५ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्म १ लाख २ हजार ८२० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*