राष्ट्रपतिको हातबाट लगाउनुभयो प्रधानमन्त्री ओलीले दशैको टीका

खबरपथ संवाददाता
१० कार्तिक २०७७, सोमबार २०:००

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिनुभएको छ । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुग्नु भएको थियो ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाईदिनुभएको थियो । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाउनुभयो ।

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउन पाउनुभएन । उहाँले बालुवाटारमा पत्नी राधिका शाक्यलाई मात्र दसैँको टीका लगाईदिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*