पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१० कार्तिक २०७७, सोमबार २०:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४३२९३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४००५ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या हालसम्म १ लाख १५ हजार६७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*