पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
११ कार्तिक २०७७, मंगलवार १९:२४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१६८ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना कोरोना मुक्त हुनेको संख्या हालसम्म १ लाख १८ हजार ८४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृत्यु ह’नेको संख्या ८७६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*