पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१२ कार्तिक २०७७, बुधबार २१:२१

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा जानकारी जानकारी दिनु भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२४८ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*