बिहीबार देखि नियमित कोरोना प्रेस ब्रिफिङ्ग नहुने

खबरपथ संवाददाता
१२ कार्तिक २०७७, बुधबार २१:५७

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार देखि नियमित कोरोना प्रेस ब्रिफिङ्ग नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबारबाट शुरु भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभयो ।

डा. जागेश्वर गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उहाँले जानकारी दिनुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*