पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१३ कार्तिक २०७७, बिहीबार १८:४७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३०३८ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*