सामाजिक अभियानता पुनको सम्झनामा दिप प्रज्वलन

ईश्वर पौडेल
१५ कार्तिक २०७७, शनिबार १०:५९

बुटवल । बाच्नलाई त हरेक प्राणी बाचेकै हुन्छन्, तर अरुलाई समेत जीवनको अस्तित्व बोध गराएर बाच्ने र बाच्ने प्रेरणा दिने व्यक्तिहरुलाई नै महापुरुषको संज्ञा दिन सकिन्छ । समाज सेवाको क्षेत्रमा निस्वार्थ भावले लागी अन्य समाजसेवीहरुलाई पनि बाटो देखाउने सबै लाई समान दृष्टि भाउ राख्ने, सामाजिक अभियानता सबैले सधै सझंनयोग्य त्यस्तै महानपुरुषमा स्व.दिलिप पुन(नारन) लाई लिन सकिन्छ ।

गत कार्तिक १० गते भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा भएको असामयिक निधनको  ५औ  दिन शुक्रबार उहाँको मृतआत्माको चिर शान्तिको कामनाका साथै उहाको सम्झनामा बु.उ.म.न.पा. वार्ड न. १५ स्थित महदैया चोक देखि मृतकको घर सम्म सामुहिक श्रद्धाञ्जलि सहित दिप प्रज्वलन गरिएको छ ।

युनाईटेड सेमलार, हिम्चुली पार्टी प्यालेस र प्रेम पुन तामनागरको संयुक्त आयोजनामा भएको सामुहिक श्रद्धाञ्जलि सहित दिप प्रज्वलन कार्यक्रम को अध्यक्षता बु.उ.म.न.पा. वार्ड न.१५ का वर्डा अध्यक्ष डम्बर ब. भन्डारीले गर्नु भएको थियो ।  दिप प्रज्वलन कार्यक्रममा वार्ड न. १५ का वडा सदस्य नगेन्द्र आचार्य, सेमलार खाने पानीका अध्यक्ष बुद्धि ढकाल, समाजसेवी बेदा निधि रिजाल, नेपाली काङ्ग्रेस वार्ड न. १५ का वार्ड सभापति प्रेम पौडेल, सेमलार गा.वि.स.का पुर्व अध्यक्ष तथा हाल रुपन्देही नेपाली काङ्ग्रेसका जिल्ला सदस्य हरिध्व्ज मल्ल, समाजसेवि शक्ति सापकोटा,लाल थापा,सेमलार व्यापार संघका अध्यक्ष देवि प्रसाद चापागाईं,टोल विकास सस्थाका अध्यक्ष,आमा समुहका अध्यक्ष तथा महधैया चोकका सम्पुर्ण ब्यवसायीहरुको उपस्थिति रहेको थियो।

दिप प्रज्वलन कार्यक्रममा वार्ड न. १५ का वडा सदस्य नगेन्द्र आचार्यले मृतक दिलिप पुन (नारन) को जिवनी बाचन गर्नु भएको थियो भने शोक मन्तव्य राख्दै प्रेम पौडेल, हरिध्व्ज मल्ल र बुद्धि ढकालले मृतकले समाज प्रती गरेका कामको उच्च मुल्यांकन गर्दै उहाँले गर्न छाडेका कामहरुलाई साकार पार्ने कुरामा प्रतिबद्धता गर्नु भएको थियो

त्यसैगरी दिप प्रज्वलनको आरम्भ मृतकको तस्बिरमा माल्यापण र दिप प्रज्वलन गरी वडा अध्यक्ष डम्बर ब. भन्डारी मृतकका भाइ जित ब. पुन र श्रीमतीले गर्नुभएको थियो भने कार्यक्रमको संचालक तामनगर खानेपानीका सचिब तथा तामनगर व्यापार संघका महासचिव रुपेस पौडेलले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*