पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१५ कार्तिक २०७७, शनिबार १६:२०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*