२०७७ कार्तिक १६ गते देखि २२ गतेसम्मको साप्ताहिक राशिफल

खबरपथ संवाददाता
१६ कार्तिक २०७७, आईतवार १८:२७

मेष : राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ । सन्तान पक्षबाट सहयोग मिल्ने छ । धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ।

वृष : उत्तम समय छ । राजनीतिक क्षेत्रमा राम्रो छ। कारोबारमा फाइदा होला। गरिएको काम बाट सन्तुष्टि मिल्ने छ ।

मिथुन : मान्य समय छ । अनावश्यक खर्च बढ्न सक्छ । पारिवारिक विवादले सताउन सक्छ । २० गते पछिका दिन राम्रो छन् ।

कर्कट : उत्तम समय छ। धर्म तथा अध्यात्ममा रुची बढ्नेछ । ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति हुनेछ ।

सिह :  राम्रो समय छ। धन,धर्म , प्रतिष्ठा बढ्ने छ। कृषि तथा ब्यापार बाट फाइदा हुनेछ । घरमा शुभ कार्य सम्पन्न होला ।
कन्या : अनुकुल समय छ । रोकिएको धन हाता पर्ने छ । मन प्रसन्न रहने छ । धार्मिक यात्राको योग छ। ब्यापारमा फाइदा हुनेछ । पारिवारिक सुखशान्ती मिल्ने छ ।

तुला : तपाईंको लागी यो समय आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा पदोन्नति हुनेछ । मिष्ठान भोजन मिल्ने छ । प्रेममा सफलता मिल्नेछ ।कार्य सफल छ ।

वृश्चिक: समय सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । मंगलवार पछि राम्रो समय छ । घरमा शुभ कार्य हुन सक्छ । यात्रा सफल छ ।

धनु: तपाईको लागि यो समय निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ ।
गरिएका काम बाट सन्तुष्टि मिल्ने छ। ब्यापारमा फाइदा हुनेछ । सप्ताहन्तमा केहि चुनौती देखा पर्ने छ्न् ।

मकर : सामान्य समय छ । आय ब्याय बराबर हुनेछ । आफन्तबाट धोका हुन सक्छ । पारिवारिक बिवाद बढ्न सक्छ। लक्षित लक्ष्य पुर्ती हुनेछ। स्वास्थमा सुधार आउने छ।

कुम्भ: भाग्योदयको समय छ। धर्मकर्म प्रति रूचि बढ्ने छ। सभा सम्मेलन सहभागी हुने योग छ । रोजगारमा पदोन्नति हुनेछ। शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ।

मीन : समय मध्यम छ । ब्यापारमा केहि नोक्सानी बेहोर्नु पर्नेछ । आफन्त भनिएकाबाटै धोका हुनेछ बुधबार पछि राम्रो समय आउने छ ।आट उत्साह बढ्ने छ।

प्रस्तुतकर्ता ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र
ति.न. पा. १ नयाँमिलचोक, रूपन्देही
मोबाइल नं.९८५७०३५४६१

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*