धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई स्वास्थ्यको निर्देशन

खबरपथ संवाददाता
१६ कार्तिक २०७७, आईतवार १९:३२

काठमाडौं ।  धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताललाई  निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित मिडिया ब्रिफिङ्गमा धरौटी नलिई संक्रमितको उपचार गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएको जानकारी दिनुभएको हो ।
कोरोना संक्रमितसँग धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टीकरण मागिएको समेत उहाँले जानकारी दिनुभयो ।  सक्नेलाई शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्ने पूर्ववत निर्णय यथावत रहेको कुरा पनि उहाँले मिडिया ब्रिफिङ्गमा जानकारी गराउनुभयो ।

सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैले खर्च गर्ने भनेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिभिल अस्पताल लगायतका सरकारी अस्पतालले समेत कोरोना संक्रमितले अस्पतालमा भर्ना हुनु अगाबै धरौटी रकम बुझाउनुपर्ने भन्दै सूचना जारी गरेका थिए ।
स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण मृत्यु भएकाहरुको विवरण फरक–फरक आएकाले त्यसको विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरी संक्रमितको मृत्युको विवरणबारे छानविन भइरहेको प्रवक्ता डा. गौतमलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*