पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१६ कार्तिक २०७७, आईतवार १९:५९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित मिडिया ब्रिफिङ्गमा जानकारी दिनुभएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्म १ लाख ३४ हजार ८४२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*