राजसंस्था र हिन्दु राज्य पुर्नस्थापनाको माग सहित रुपन्देहीमा मोटरसाइकल र्‍याली

खबरपथ संवाददाता
१७ कार्तिक २०७७, सोमबार १९:०८

बुटवल । देश र श्रीपेचको रक्षाको लागि भन्दै राजसंस्था र हिन्दू राज्य पुर्नस्थापनाको माग सहित रुपन्देहीमा वीर गोर्खाली अभियानले मोटरसाइकल र्याली निकालेको छ ।


सोमबार वीर गोर्खाली अभियानको आयोजनामा रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम चोकबाट शुरू भएको र्याली योगीकुटी, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै बुटवलको ट्राफिक चोकसम्म पुगेको थियो।
राजसंस्था र हिन्दू राष्ट्र स्थापनाका लागि देशव्यापी अभियान सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत रुपन्देहीमा र्याली गरिएको अभियन्ता राजकुमार शाही ठकुरीले बताए।


र्यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाएका थिए। सहभागीहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहका तस्वीर अंकित टिसर्ट लगाएका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*