पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१७ कार्तिक २०७७, सोमबार १९:५१

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*