पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२० कार्तिक २०७७, बिहीबार १८:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ३६५१४ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३४३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या हालसम्म १ लाख ४८ हजार ४०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०५२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*