राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी प्रदान

खबरपथ संवाददाता
२० कार्तिक २०७७, बिहीबार २०:४६

काठमाण्डौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्नुभएको छ ।
नरवणेलाई तरबार पनि उपहार दिइएको छ।

बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिनुभएको हो ।


यसअघि, सेनाध्यक्ष नरवणेलाई बिहिबार बिहान सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो। सेनाध्यक्ष नरवणेको सम्मानमा बिहिबार जङ्गीअड्डामा रात्रिभोज आयोजना गरिएको थियो ।

नेपाल र भारतबीच एक–अर्का सेना प्रमुखलाई मानार्थ महारथी दिने चलन सात दशकदेखि जारी छ। गत जनवरीमा प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको महारथीको पदवी दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*