• १० कार्तिक २०८१, शनिबार
  • Saturday 26th October 2024

    पत्रकार पाण्डेय जीपी कोईराला फाउन्डेसनबाट सम्मानित

    खबरपथ संवाददाता
    २० कार्तिक २०७७, बिहीबार २१:१८

    बुटवल । सबल नेपाल मिडिया प्रालीद्धारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट अनलाइन पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेय जि पी कोइराला फाउण्डेशन अमेरिकाद्धारा सम्मानीत भएका छन् ।

    कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेय सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल, केपी भट्ट लगायतलाई सम्मान गरिएको फाउण्डेशन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।

    २०६२ सालबाट निहाल साहित्यिक पत्रिकामार्फत पत्रकारिता सुरु गरेका पत्रकार पाण्डेय बुटवल स्थित रेडियो नमस्ते, नेपाल वान टेलिभिजन, खस्यौली एफएम लगायतमा काम गरिसकेका छन् । उनले कोरोना महामारी सुरु भएपछि विश्वभरिका नेपालीहरुसंग कोरोना भाइरस न्युनिकरण कसरी गर्न सकिन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा विज्ञ तथा विभिन्न देशमा रहेका संघसंस्थाका प्रतिनिधीहरुसंग निरन्तर बहस कार्यक्रम संचालन गर्दै आइरहेका छन् ।

    साथै जि पि कोइराला फाउण्डेशन अमेरिकाले संचालन गरिरहेको विदेशबाट बहस कार्यक्रमको नेपाल संयोजक रहेर समेत काम गरिरहेका छन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *