पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२२ कार्तिक २०७७, शनिबार १७:१५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना पुष्टि भएको छ यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०८७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*