छाडा चौपाया नियन्त्रणका लागी शिवनगर सामुदायिक बन र बुटवल उपमहानगरपालिका बिच सम्झौता

खबरपथ संवाददाता
२३ कार्तिक २०७७, आईतवार १८:३२

बुटवल । छाडा चौपाया नियन्त्रणका लागी शिवनगर सामुदायिक बन र बुटवल उपमहानगरपालिका बिच सम्झौता भएको छ ।

शनिवार बुटवल नगरपालिकाका मेयर शिवराज सुबेदी र उपमेयर गोमा देवि अचार्यको रोहबरमा सामुदायिक बनका अध्यक्ष नारायण बहादुर घिमिरे र बुटवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्माले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

बुटवल उपमहानगरपालिकाको लागत र शिवनगर सामुदायिक वनको ब्यवस्थापनमा काँजी  हाउस तयार गरी छाडा चौपायालाई राखिने संझौता भएको शिव नगर सामुदायिक बनका कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु) ले जानकारी दिनुभयो ।

उक्त सम्झौताको कार्यान्वयन पश्चात छाडा चौपायाका कारण हुने जोखिमलाई न्यूनिकरण गर्न सहयोग पुग्ने बताइएको छ । सामुदायिक बन कार्यालयको प्रागंणमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सामुदायिक बनका  पदाधिकारीहरु,  सल्लाहकारहरु तथा राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*