बुटवलको मिलन चोकमा हात धुने स्टेशन

खबरपथ संवाददाता
२३ कार्तिक २०७७, आईतवार १८:५१

बुटवल  ।  पश्चिम नेपाल विकास ट्रष्टले बुटवलको मिलन चोकमा हात धुने ब्यवस्था मिलाएको छ । कोरोना महामारीबाट जोगिन सावुन पानीले राम्रो सग हात धुनु राम्रो विधि भएको अवस्थामा ट्रष्टले मिलन चोकमा सावुन पानीको ब्यवस्था गरेको छ ।
ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेका अनुसार पानी टंयाकी, सावुनको ब्यवस्था गरिएको र खुट्टाले थिचेपछि सावुन र पानी प्रयोग गर्न सकिने गरि ब्यवस्था मिलाइएको छ । मिलनचोकमा बैंक देखि विभिन्न कार्यालय धेरै रहेको तथा बढी ब्यस्त हुने चोक रहेकाले कोरोनाबाट जोगिन सडक छेउमा हात धुने ब्यवस्था मिलाइएको अध्यक्ष गौरीमाया थापाले बताइन । नमस्ते नामोद एण्ड फ्रेण्डस् को सहयोगमा सो ब्यवस्था मिलाइएको सस्थाले जनाएको छ ।

हात धुने ब्यवस्था  शनिबार बिहानबाट शुभारम्भ गरिएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी जनप्रतिनिधि विमला श्रेष्ठ, उपमहानरपािलकाका महाशाखा प्रमुख भुवाप्रसाद लुइटेल, स्थानिय तथा राजनीतिक अगुवा ऋषिराम पाण्डे, अधिबक्ता खुमाकान्त पौडेल, ट्रष्टका अध्यक्ष गौरीमाया थापा, उपाध्यक्ष मोमप्रसाद गुरुङ , कोषाध्यक्ष पदम घिमिरे, सहसचिव लक्ष्मी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*