सियारीद्धारा अतिविपन्न परिवारलाई घर निर्माण गरि हस्तान्तरण

नरेश चौधरी
२४ कार्तिक २०७७, सोमबार १६:१२

रूपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न परिवार भएकालाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । सियारी अवास निर्माण कार्यक्रम अन्तरगत ११ वटा भवन निर्माण गरि गाउँपालिकाका विपन्न ११ वटा परिवारलाई आईतबार घर हस्तान्तरण गरिएको हो ।

घरवास नभएकालाई गाउँपालिकाले सो घर निर्माण गरि हस्तान्त्रण गरेको छ । गाउँपालिकाको ४४ लाख बजेटमा ११ वटा घर निर्माण सम्पन्न गरि आईतबार हस्तन्त्रण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । वडा नं. १ मा २, ४ मा २, ५ मा २, ६ मा २ र ७ मा ३ वटा घर निर्माण गरि हस्तान्त्रण गरिएको उहाँले बताउनु भयो । ̔गाउँपालिकामा कोही पनि बेघर बस्न पर्दैन’ – उहाँले भन्नु भयो ।

गरीब विपन्न समुदायलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरूङले बताउनुभयो । सियारी आवस निमार्ण कार्य अगामी दिनमा पनि जारी राखिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराईले बताउनु भयो ।

निर्माण भएको घर २ कोठा, एक भान्सा कोठा, बरन्डा र शौचालय सहितको टिनको छानो भएको भूकम्प प्रतिरोधात्मक भएको योजना शाखा प्रमुख रोमलाल पुरीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*