रुपन्देहीको पुरानो वटौलीमा झोल मोमो रेष्टुरेण्टको उद्घाटन

खबरपथ संवाददाता
२७ कार्तिक २०७७, बिहीबार १९:३२

बुटवल । रुपन्देहीको पुरानो वटौलीमा लुम्विनी प्रदेशको एकमात्रै झोल मोमो रेष्टुरेण्ट विहिवार (आज) औपचारिक रुपमा उद्घाटन गरिएको छ । देशकै प्रमुख शहर काठमाण्डौंमा मात्रै सञ्चालनमा आएको झोल मोमो लुम्विनी प्रदेशको पुरानो वटौलीमा दोस्रो स्तरको रुपमा सञ्चालनमा आएको हो ।

बुटवलको लाईन्स क्लव आँखा अस्पताल नजिक सञ्चालनमा आएको उक्त झोल मोमो रेष्टुरेण्टको वनावट सामान्य एंव स्थानिय कच्चा पदार्थको प्रयोग गरी सजावट गरिएको छ । पछिल्लो समय झोल मोमोको पनि बुटवलमा राम्रो सम्भावना देखेर सञ्चालनमा ल्याएको सो रेष्टुरेण्टका सञ्चालक प्रविण उदयले वताउनु भएको छ ।

उहाँले भन्नुभयो, यहाँको लागि यो नौलो स्वादिष्ट परिकार भएकाले विस्तारै यसको महत्व वुझाउँदै जाने आगामी दिनमा थप नयाँ तर अर्गागिक परिकारहरु पनि वनाउने उद्देश्य रहेको वताउनु भएको छ ।

बुटवल उप–महानगरपालिका वडा नं.२ पुरानो बटौलीमा सञ्चालनमा आएको सो रेष्टुरेण्टको आज वडा नं.१ का वडाध्यक्ष महेन्द्र लिगलले उद्घाटन गर्नुभएको हो ।  उद्धघाटन कार्यक्रममा स्थानिय समाजसेबी मिलेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

करिव ६० लाख रुपैयाँ लागतमा खोलिएको झोल मोमो रेष्टुरेण्टमा ब्याण्ड वाजा सहित म्युजिक कार्यक्रमको पनि साप्ताहिक कार्यक्रम गरिने वताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*