पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२९ कार्तिक २०७७, शनिबार २१:४५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९४६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ५०३ जना कोरोनामुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना कोरोनामुक्त भएका छन्।

आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा १, झापामा १ सय २१, ताप्लेजुङमा १, तेह्रथुममा १, भोजपुरमा २, मोरङमा ५२, सोलुखुम्बुमा ३ र सुनसरीमा ३५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश २ को धनुषामा ८, पर्सामा ७, बारामा ९, महोत्तरीमा ७, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा ३ जनामा कोरोना पुष्टि भएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ४२ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५९, चितवनमा १२, दोलखामा १२, धादिङमा १४, नुवाकोटमा ३, भक्तपुरमा ८८, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १ सय ५, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २ सय ८, गोरखामा ६४, तनहुँमा ४३, नवलपरासी पूर्वमा १२, पर्वतमा २४, म्याग्दीमा १०, लमजुङमा १०, बागलुङमा १९ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको कपिलवस्तुका २१, गुल्मीका ३, दाङका ९, नवलपरासीका २४, पाल्पाका १९, बर्दियाका १५, बाँकेका ३४, रोल्पामा २ र रुपन्देहीका ८२ मा कोरोना पुष्टि भएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ९, डडेल्धुरामा ५२, डडेल्धुरामा १८, डोटीमा ८, दार्चुलामा १ र बैतडीमा ३ जनामा कोरोना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*