हाम्रो टीम नेपालद्धारा भोको पेट भर्न खुलामञ्च पुगेकालाई भाइटीका

खबरपथ संवाददाता
१ मंसिर २०७७, सोमबार १७:२९

काठमाडौं । कोरोनाको महामारी सँगै मुलुकमा भएको लकडाउनले रोजीरोटी गुमेर समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले भोको पेट लिएर खुलामञ्च पुग्नेहरुलाई भाइटीका लगाइदिएको छ ।

तिहारजस्तो चाडवाडमा कोही पनि दाजुभाइको निधार खाली नहोस र पीडा बस्नु नपरोस भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताइन् ।

स्वयमसेवकहरुले खुलामञ्च पुगेकाहरुलाई व्यवस्थित लाइनमा राखेर सप्तरंगी टीकासँगै मखमलीको माला र ढाका टोपी लगाइदिएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*