प्रधानमन्त्रीले बहिनी कौशल्याको हातबाट लगाउनुभयो भाइटीका

खबरपथ संवाददाता
१ मंसिर २०७७, सोमबार १७:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाउनुभएको। कोइराला आफ्ना दाजु तथा प्रधानमन्त्री ओलीलाई भाइटीका लगाइदिन बालुवाटार पुग्नु भएको थियो ।

कोइरालाले प्रधानमन्त्री ओलीलाई सप्तरंगी टीका, मखमलीका साथै दुबोको माला लगाईदिनुभएको थियो । प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत कोइरालाले टीका लगाईदिनु भएको थियो ।

त्यसपछि प्रधानमन्त्री ओलीले बहिनीलाई पनि सप्तरंगी टीका र मालाका साथै दक्षिणा प्रदान गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*