आज सार्वजनिक बिदा

खबरपथ संवाददाता
२ मंसिर २०७७, मंगलवार ०७:४९

काठमाडौँ  । सरकारले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नेवार समुदायका केहीले आज पनि (किजापूजा) भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । हरेक वर्ष भाइटीकाको भोलिपल्टबाट लाग्ने सरकारी कार्यालय आज सार्वजनिक बिदा परेकाले खुल्ने छैनन् ।

भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*