पश्चिमाञ्चल यातायात समितिद्धारा व्यवसायी खनालको परिवारलाई २ लाख राहात रकम प्रदान

यमलाल भुसाल
५ मंसिर २०७७, शुक्रबार १२:१७

बुटवल। पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायी सन्तोष खनालको मृत्यु भएकोमा समितिले प्रदान गर्ने व्यवसायी राहात कोषवाट २ लाख राहात रकम प्रदान गरेको छ ।
समितिका पूर्व लेखा समिति तथा कार्यसमिति सदस्य तथा समितिमा आवद्ध व्यवसायी खनालको काठमाडौमा उपचारको क्रममा गत कार्तिक २६ गते मृत्यु भएकोमा थियो । समितिले आफ्ना व्यवसायीको मृत्यु हुदाँ राहात स्वरुप २ लाख रुपैयाँ प्रदान गर्ने गरि स्थापना गरेको व्यवसायी राहात कोषवाट उक्त रकम प्रदान गरिएको अध्यक्ष यम प्रसाद पाडेले बताउनु भयो ।
स्वर्गीय खनालको बुटवल १० कालिका नगर स्थित निवाषमा विहिवार आयोजित शोक सभामा समितिका तर्फवाट अध्यक्ष पाण्डेले मृत्यक खनालका दाजु शंकर खनाललाई २ लाख रुपैयाँको चेक प्रदान गर्नु भएको महासचिव जीत बहादुर भाटले बताउनु भयो ।
यस क्षेत्रका यातायात व्यवसायी खनालको अल्पायुमै भएको निधनले स्तव्ध बनाउनुका साथै परिवारजनमा पर्न गएको यस दूखद घडीमा समितिले शोक व्यक्तव्य समेत प्रकट गरेको वरिष्ठ उपाध्यक्ष प्रताब बहादुर कार्कीले बताउनु भयो । शोक सभामा समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल, उपाध्यक्षहरु अर्जुन भुसाल, डिल्लीराम रिजाल, नारायण थापा , गणेश घिमिरे सिद्धार्थ उदय, सल्लाहकार खगराज गौतम ,कोषाध्यक्ष हरि रिमाल, कार्यालय प्रमुख बावुराम अधिकारी सहायक कार्यालय प्रमुख प्रकाश गैरे लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*